कतारमा काम गर्दै आएका एक नेपालीले यूएईमा जिते झण्डै ८३ करोड रूपैयाँको चिट्ठा

काठमाडौँ  – कतारमा काम गर्दै आएका एक नेपालीले यूएईमा झण्डै ८३ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन् । रञ्जितकुमार पालले अबुधाबीमा बिग टिकट र्‍याफल ड्रको सिरिज २ सय ४८ मा ८२ करोड ७० लाख रुपैयाँभन्दा धेरैको चिट्ठा जितेका हुन् ।

पालले गएको जनवरी १६ मा यो चिट्ठा खरिद गरेका थिए । उनको चिट्ठा नम्बर २३२९३६ मार्फत् रकम जित्न सफल भएका हुन् । उनी विगत सात वर्षदेखि कतारको राजधानीमा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत थिए । रकम जितेको खबर प्राप्त गरेसँगै उत्साहित पालले सम्पूर्ण रकम नेपालमा रहेको परिवारलाई पठाउने बताएका खलिज टाइम्सले जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार