घरायसी विवादका क्रममा छोराले गरे बाबुको हत्या

रौतहट – रौतहटको चन्द्रनिगाहपुरमा छोराले दाउराको चिरपटले हानेर बाबुको हत्या गरेका छन् । गएराति चन्द्रपुर नगरपालिका-६ का ५५ वर्षीय बुवा निरकुमार राईलाई छोरा प्रकाश राईले दाउराको चिरपटले हानी हत्या गरेको इलाका प्रहरी कार्यालयका चन्द्रनिगाहपुरका डिएसपी सन्तुप्रसाद जयसवालले बताए ।

डीएसपी जयसवालका अनुसार घरायसी विवादका क्रममा छोरा प्रकाशले चिरपटले बुवा निरकुमारलाई आक्रमण गरेका थिए । टाउको र निधारमा गम्भीर चोट लागेका निरकुमार उपचारका लागि अस्पताल लगिए पनि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बाबुको हत्या आरोपमा ३२ वर्षीय छोरा प्रकाश राइलाई पक्राउ गरेको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार