माओवादी केन्द्रको स्थायी कमिटी र पदाधिकारी बैठक स्थगित

काठमाडौं – सत्तारूढ दल नेकपा माओवादी केन्द्रले आज बोलाएको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित भएको छ।

अध्यक्षको कार्यव्यस्तता र आवश्यक तयारी नपुगेपछि आजका लागि निर्धारित बैठक भोलि बस्ने गरी सरेको महासचिव देव गुरुङले जानकारी दिए। स्थायी कमिटीको बैठकको पूर्ण तयारी नभएको, बैठकका एजेण्डा तथा अन्य कामको गृहकार्य नपुगेको र प्रधानमन्त्रीको व्यस्तताको कारण बैठक भोलिका लागि सारिएको गुरूङले जानकारी दिए। यद्यपि समय टुंगो नलागेको उनले सेतोपाटीलाई बताए। बैठकमा पार्टी नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल हुने भनिएको छ।

यस्तै जारी पदाधिकारी बैठक पनि आज नबस्ने भएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार