वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई अभिनन्दन

काठमाडौँ – वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई अभिनन्दन गरिएको छ। डल्लु आवास स्थानीय समितिद्वारा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय पुरस्कार विजेता डा. रुइतलाई कदरपत्रसहित अभिनन्दन गरिएको हो।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले उहाँलाई सम्मान गर्नुभयो। पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले स्वास्थ्य क्षेत्रमा रुइतले गरेको मेहनत र क्रियाशीलका कारण उहाँले प्राप्त गरेको पुरस्कारले सम्पूर्ण नेपालीको गौरव बढाएको बताउनुभयो।

Seti Hospital

स्वदेश तथा विदेशमा रहेका बिरामीलाई उपचार गरेर सामाजिक सेवामा डा. रुइतले देखाएको कर्मबाट सबैले प्रेरणा लिनुपर्ने बताउँदै उहाँले सरल स्वभावका रुइतको सुखमय जीवन र थप ख्यातिको कामना गर्नुभयो। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्धकारमा छटपटिएका बिरामीलाई ज्योति प्रदान गर्नुभएका डा. रुइतले मुलुकलाई अन्तर्राष्ट्रिय तहमा परिचित गराउनुभएको बताउनुभयो। काठमाडौँ महानगरपालिका–१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले उहाँको सामाजिक विकास तथा मानवीय सेवाको भावना अतुलनीय रहेको धारणा राख्नुभयो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार