फिजम ग्रामर इन्टर स्कुल फुटवल प्रतियोगिता : बेष्ट ग्रुप भीजन स्कुल ३–० ले विजयी

काठमाडाैं – फिजम ग्रामर इन्टर स्कुल फुटवल प्रतियोगिता सुरु भएको छ । भक्तपुरको मध्यपुर थिमीमा रहेको खेल मैदानमा प्रतियोगिताको मंगलबार उद्घाटन गरिएको छ । फिजमका अध्यक्ष तथा भिमेश्वर स्कुला संस्थापक प्रिन्सिपल अमृत खड्काको अध्यक्षता तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यमा आयोजित दशौँ संस्करणमा १६ वटै विद्यालयका संस्थापक, प्रिन्सिपल तथा विद्यालय प्रतिनिधि सहभागी भएका थिए । उद्घाटन शत्रको पहिलो चरणमा मार्च पास गरिएको थियो । उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथि घिसिङले खेल क्षेत्र पनि विद्यार्थीको महत्वपूर्ण पाटो भएकाले शान्त वातावरणमा खेल सम्पन्न गर्न शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा उपस्थित अन्य वक्ताहरुले समेत शुभकामना मन्तव्य राखेको थिए ।

SHIKHAR COOL TECH

उक्त प्रतियोगितामा १६ विद्यालयको सहभागिता रहेको छ । समुह ए बाट बेष्ट ग्रुप भिजन स्कुल, भिमेश्वर एकेडेमी, स्वर्णीम तारा विद्या सदन, अर्किड प्युपल सेकेण्डरी स्कुल, माउन्ट सेव स्कुल, कामयक स्कुल, मोनाष्टिक पब्लिक स्कुल र ग्लोबल पब्लिक स्कुल रहेका छन् ।

यस्तै समुह बी बाट लाइसियम स्कुल, नेपाल तारा स्कुल, नेक्सस इन्टरनेशन एकेडेमी, दिपीका स्कुल, हेबोर्न पब्लिक स्कुल, ग्रामर स्कुल, भीभीएम स्कुल, न्यू भीजन एकेडेमी स्कुल रहेकाे कार्यक्रम संयाेजक तथा सचिव सुनिल केसीले बताउनुभयाे ।


पहिलो चरणमा आयोजित मार्च पासमा बेष्ट ग्रुप भिजन स्कुल प्रथम, मोनाष्टिक पब्लिक स्कुल द्धितीय र काम्यरक स्कुल तृतीय भएको छ । मार्च पासको निर्णायकमा भैरवबान गुल्मका जमदार केदार भुजेल र अमल्दार रमेश रिमाल रहेक थिए ।


उद्घाटन शत्रमा बेष्ट ग्रुप भीजन स्कुल र भिमेश्वर एकेडेमीबीच खेल भएको छ । जसमा बेष्ट ग्रुप भीजन स्कुल ३–० ले बीजयी भएको छ । जसमा सम्योग लामा, सालिम खड्का र सहिल तामाङले गोल गरेका थिए । यसैगरी सम्योग लामा म्यान अफ द म्याच समेत भएकाे जनरल काेअर्डिनेटर ज्ञानु श्रेष्ठले जानकारी दिनुभयाे ।

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार