कैलालीको मसुरिया पहिलोपटक कपडा बैंकको स्थापना

Call24News

प्रेम जोशी, कैलाली – कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ मसुरिया पहिलोपटक कपडा बैंकको स्थापना गरिएको छ।विपन्न समुदायका व्यक्तिका लागि निःशुल्क रुपमा कपडा प्रदान गर्ने उद्देश्यले कपडा बैँक स्थापना गरिएको हो।

मसुरिया क्षेत्रका अग्ररज ब्यक्तिहरुले मसुरिया कपडा बैंक स्थापना गर्नु भएको हो मसुरिया बजारमा रहेका पुरानो साझा सस्थानको हल बाट कपडा बैंक स्थापना गरिएको हो । प्रयोगमा आएका तथा सफा कपडा बैंकमा राखेर गरीबलाई निःशुल्क रुपमा वितरण गरिनेछ।

SHIKHAR COOL TECH

मौसम अनुकुल र दैबिक जोखिमा परेका ब्यक्तहरु एक न्यानोबाट वञ्चित हुन नपरोस् भनेर अभियान सञ्चालन गरिएको सञ्चालन समितिका अध्यक्ष हरि जोशीले आफूसँग बढी भएको लुगाकपडा बैंकलाई प्रदान गरेर सहयोग गर्न आग्रह समेत गरेका छन्। केही समय लगाएपछि व्यक्तिले यसै फाल्ने कपडालाई सफा गरेर पुनः प्रयोगमा ल्याउने गरी कपडा बैंकको स्थापना गरिएको उनले बताए।

गरिबीको रेखामुनि रहेका धेरै मानिस आङ ढाक्ने कपडाको समेत अभावमा रहेका बेला कपडा बैंकको स्थापना एउटा सकारात्मक कदम भएको खप्पत बहुमुखी क्याम्पस प्रमुख मदन राज जोशी ले चर्चा गर्दै बैंकको उदेश्य प्राप्त को शुभकामना दिनुभयो ।

कपडा बैंकको उद्घाटन गर्दे सविधानसभा सदस्य कृष्ण कुमार चौधरी (कुन्दन ) ले मानव धर्मको कार्य गरेकोमा धन्यवाद दिदै मसुरिया क्षेत्र चिनाउन र गरिव अस्कत दैविक जोखिममा परेका ब्यक्तिहरुलाई  यस्तो अभियानले उनीहरुको जीवनयापनमा सहज हुने बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार