प्रा. डा. अर्जुनदेव भट्टद्वारा लिखित डाक्टरको द्धिविधा र मुत्र र जननेन्द्रियप्रणाली सार्वजनिक

Call24News

काठमाडाैं – प्रा. डा. अर्जुनदेव भट्टद्वारा लिखित दुइ कृति डाक्टरको द्धिविधा र मुत्र र जननेन्द्रियप्रणाली सार्वजनिक भएका छन् । दामोदर पुडासैनी प्रतिभा पुरस्कार काेषको आयोजनामा आइतबार राजधानीमा एक कार्यक्रमका विच उक्र दुइ कृति सार्वजनिक भएका हुन । बरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी किशोरको सभाध्यक्षमा आयोजित लोकार्पण कार्यक्रममा प्रमुख अतिथिको रुपमा युरोलोजिष्ट डा. उत्तम शर्मा रहनुभएको थियो । यसैगरी अतिथिको रुपमा कलानिधी दाहाल र हरिभक्त सिग्देल रहनुभएको थियो ।

Seti Hospital

लोकार्पण कार्यक्रममा बोल्दै साहित्यकार कलानिधी दाहालले नेपाली समाजमा स्वास्थ्यप्रतिको बुझाइलाई समेटिएकोले बिरामीलाई अस्पताल भर्ना भइसकेपछि गर्नुपर्ने सम्पूर्ण प्रक्रिया र व्यवहार बारे जानकारी दिइएको यो पुस्तकलाई स्वास्थ्यकमीहरुले मार्गदर्शकका रुपमा लिनुपर्नेमा जोड दिनुभयाे ।

कार्यक्रममा बाेल्दै दामोदर पुडासैनी प्रतिभा पुरस्कार काेषका अध्यक्ष तथा बरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनीले हरेक बिरामीलाई डा. उपलब्ध कठिन रहेको भन्दै याे पुस्तक स्वास्थ्य की काे रूपमा प्रयाेग गर्न मिल्ने बताउनभयाे । उहाँले यो पुस्तक पढेर हरेक मानिसले आफ्नो स्वास्थ्य सम्बन्धी समस्या थाहा पाउनका साथै उपचारका लागि पनि सहयोग मिल्ने बताउनुभयाे ।

कार्यक्रममा बोल्दै युरोलोजिष्ट डा. उत्तम शर्माले डा।भट्टको यी पुस्तक हरेक नेपालीलाई स्वास्थ्यको गाइडका रुपमा रहेको बताए । साथै उहाँले आगामी दिनमा स्वास्थ्य सम्बन्धी आफ्नो अनुभव समेटेर पुस्तक प्रकाशन गर्ने याेजना रहेकाे बताउनुभयाे ।

विक्रम संवत २००२ सालमा पाल्पामा जन्मिएका प्रा.डा. भट्टका थुप्रै कृतिहरु रहेका छन् । बैतडीका केही स्थानीय शब्द सह सम्पादन, प्राकृतिक परिवार नियोजन अगुवा पुस्तक, एड्स प्रतिरक्षा प्रणाली विनाशक रोग, यौन प्रसारित रोगहरु, मुटुको धड्कन खण्ढकाव्य, अविस्मरणीय पलहरु कविता, समय यात्रा, मेरी आमा लगायत विभिन्न पत्रपत्रिकामा मुत्ररोग सम्बन्धी तीनसय बढी लेखहरु समेत प्रकाशन भइसकेका छन् ।

 


 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार