सभामुखका लागि आज निर्वाचन, एमालेका देवराज घिमिरे र कांग्रेसका ईश्वरी न्यौपाने प्रतिस्पर्धामा

काठमाडौं– प्रतिनिधिसभाको सभामुख पदका लागि आज निर्वाचन हुँदैछ । यसका लागि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

सभामुखका लागि सत्ता साझेदार दलका तर्फबाट एमालेका देवराज घिमिरे र कांग्रेसका ईश्वरी न्यौपाने प्रतिस्पर्धामा हुनुहुन्छ ।

धनगढी सूचना

सांसद घिमिरेको प्रस्तावकमा एमालेका सांसद सुवास नेम्वाङ हुनुहुन्छ । समर्थकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन हुनुहन्छ । घिमिरे हाल एमालेको स्थायी समिति सदस्य पनि हुनुहुन्छ ।

कांग्रेसका न्यौपानेको प्रस्तावकमा पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला र कांग्रेस सांसद रमेश लेखक हुनुहुन्छ । उहाँ समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित हुनुभएको हो ।

आजको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ । त्यसलगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिकरूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिने र मतदान हुने संघीय संसद् सचिवालयले जनाएको छ ।

संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गरिने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एक महिला र फरक दलको हुनुपर्ने प्रावधान छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार