वर्षमान पुनको स्वास्थ्यमा फेरि समस्या, अस्पताल भर्ना

 

काठमाडौं – पूर्वअर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा फेरि समस्या देखिएको छ ।

Dengue

रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रममा गृह जिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ ।

पुनलाई ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको छ । उहाँ केही समयअघि मात्र चीनमा उपचार गराएर फर्किएका थिए ।

पुन जन्डिस रोगबाट पीडित हुन् । उहाँको स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार