हेलम्बु गाउँपालिकाद्वारा शिक्षामा नयाँ प्रयास, शिक्षाको गुणस्तर उकास्न टिचिङ सेन्टर स्थापना

काठमाडौं – पछिल्लो समय सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले शिक्षामा गरेको नया प्रयासले देशकै अब्बल पालिकाको रूपमा परिचित भएको छ । यसैगरी पालिकाले शिक्षण केन्द्र (टिचिङ सेन्टर) स्थापना गरेको छ ।
शैक्षिक गुणस्तर उकास्न र शिक्षामा आम नागरिकको आकर्षणका लागि टिचिङ सेन्टर सुरु गरिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
विद्यार्थीको वर्तमान आवश्यकता, ज्ञान, क्षमता र प्रविधिको भरपुर प्रयोग गर्दै टिचिङ सेन्टर स्थापना गर्ने प्रयास नेपालकै पहिलो पालपका हो । गाउँसभाबाट नीतिगत रुपमै टिचिङ सेन्टर स्थापना गर्ने योजना अघिबढाइएको अध्यक्षको भनाइ छ ।
सो योजनाको आर्थिक व्यवस्थापनका लागि नीति तथा कार्यक्रममा राखिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत उदयराज भट्टाईले बताउनुभयो । उहाँका अनुसार १२ कक्षामा शिक्षकहरुको दरबन्दी अभाव हुँदा प्रत्येक प्लस टु विद्यालयमा दुई–दुईजना मात्र शिक्षक दरबन्दी रहेका छन् । जसले पढाउन समस्या भएपछि पालिका भित्रका १२ कक्षा सम्मका ३ वटा विद्यालयका विद्यार्थीहरुलाई एउटा केन्द्र पर्ने ठाउँमा जम्मा गरेर तीनवटै विद्यालयबाट दुई–दुईजना शिक्षकहरुले टिचिङ सेन्टरमा पढाउन आउने उहाँले बताउनुभयो ।
अहिले तत्काललाई ग्याल्थुमको मेलम्ची भ्याली क्याम्पसबाट टिचिङ सेन्टर सुरुवात गरिएको छ । तत्कालको लागि पहिलो आर्थिक वर्षमा सरस्वती माध्यामिक विद्यालय ग्याल्थुमका विद्यार्थीहरुलाई व्यवस्थापन सहित पढाउन सुरुवात गरिनेछ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार