शुक्लाफाँटा नगरपालिका वडा नं. ८ को कार्यालय घेराउ

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाको वडा नं. ८ को कार्यालय घेराउ गरिएको छ । नदीजन्य पदार्थ उत्खनन संघर्ष समितिले आईतबार वडा कार्यालय घेराउ गरेका हुन्
शुक्लाफाँटा नगरपालिकाले प्रभावित क्षेत्रका जनताहरुको न्यूनतम मागहरु समेत सम्बोधन नगरी वडा नं. ८को बनहरा नदी, मणिकाधाम टोल, बेलडाँडी अनौखी खोला, धारापानी खोला र गौडी तथा सुनवरा नदीमा नदीजन्य पदार्थ उत्खनन गर्न ठेक्का प्रक्रिया अगाडी बढाएकोमा उक्त कार्य प्रधावित क्षेत्रका जनताहरुको मागहरु सम्बोधन नभएसम्मका लागि ठेक्का प्रक्रिया अगाडी बढाउन नदिने जनाएका छन् । रुकुमसिंह ठगुन्ना संयोजक रहेको समितिले विभिन्न मागहरु राखेको छ । नदीजन्य पदार्थको उत्खनन क्षेत्र सम्म २ लाइन सडक तत्काल कालोपत्रे गर्नुपर्ने, प्रभावित क्षेत्रमा तटबन्ध गरिनुपर्ने, रोयल्टी रकमको कम्तिमा ५०% प्रधावित क्षेत्रको आर्थिक सामाजिक र वातावरणीय प्रतिकुल प्रभावि नियन्त्रणमा योजना निर्माण गरि खर्च गर्नुपर्ने मागहरु राखेको छ । यस्तै सामुदायिक वनहरुले संरक्षण गरिरहेको क्षेत्रमा उत्खनन हुने भएकाले प्रभावित सामुदायिक वनहरु र उपभोक्ताहरुको आर्थिक, सामाजिक र वातावरणीय क्षेत्रमा बजेट विनियोजन गरि कार्यक्रम संचालन गरिनुपर्ने र नदीजन्य पदार्थ ढुवानी रुटमा नियमित पानी छर्किने व्यवस्था गरिनुपेर्ने संघर्ष समितिको माग छ ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार