नेकपा(एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा दीर्घ सोडारी चयन

कैलाली –  १५ नेकपा(एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन् । पार्टी बाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता तथा पार्टीका प्रदेश सचिब दिनेशचन्द्र सुवेदीको उपस्थितीमा बसेको बैठकले सोडारीलाई दलको नेता चयन गरेको हो ।

सोडारी कैलाली निर्वाचन क्षेत्र ४(१)को प्रदेश सभामा ४ हजार ७६ मतको अन्तरले विजयी भएका थिए । सोडारी अहिले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री समेत छन् । धनगढी स्थीत प्रदेश पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले दलको उपनेतामा कन्चनपुर बाट निर्वाचित प्रकाश रावललाई दलको उपनेता, बाजुरा बाट निर्वाचित नरेश शाहीलाई प्रमुख सचेतक र माया पन्त लाई सचेतक तोकेको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार