सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण आज

कैलाली  – सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरूले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । दिउँसो १ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावल(६८) ले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ ।

त्यसपछि रावलले दिउँसो साढे १ बजे प्रदेशसभा भवनमा अन्य ५२ जनालाई शपथ ग्रहण गराउने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए । शपथ ग्रहणका लागि आवश्यक पर्ने सबै तयारी पूरा भइसकेको उनले जानकारी दिए । सचिवालयले सूचना जारी गर्दै मातृभाषामा शपथ ग्रहण गर्न इच्छुकलाई नाम टिपाउन आग्रह गरेको थियो । सोहीअनुसार नागरिक उन्मुक्ति पार्टीका ५ जना र नेपाली कांग्रेसकी समानुपातिक सांसद गीता चौधरीले मातृ भाषामा शपथ ग्रहणका लागि नाम टिपाएको जैशीले बताए । ६ जना बाहेक अन्यले भने नेपाली भाषामै शपथ ग्रहण गर्नेछन् ।

Dengue

शपथ ग्रहण सकिएपछि प्रदेशसभा सचिवालय परिसरमा चियापान तथा बधाई ज्ञापन कार्यक्रम समेत आयोजना गरिएको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ जना निर्वाचित भएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार