सत्ता गुमेपछि देउवा र निकटस्थमाथि खनिए कार्यकर्ता

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनका निकटस्थ नेताहरूप्रति चौतर्फी आलोचना भएको छ । पत्नी आरजु राणा देउवा र केही विश्वास पात्रकै कारण कांग्रेसले सत्तामा सबै पद गुमाएको भन्दै सामाजिक सज्जालमा नेताकार्यकर्ताले देउवाको आलोचना गरेका हुन् ।

पार्टीका जिम्मेवार नेता कार्यकर्ताले नै देउवासहित आरजु राणा, डा। प्रकाशशरण महत, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, उहाँकी पत्नी मज्जु खाँण, नेताहरू रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह र एनपी साउदसमेलाई लक्षित छरपष्ट गालीको वर्षा भएको छ। उनीहरूके कारण देउवालाई उचालेर राज्यका सबै संरचनामा पार्टीलाई शून्यतातर्फ झारेको उनीहरूको आरोप छ । नेता गुरुराज घिमिरेले त पार्टी सभापति देउवाले संसदीय दलको नेता सभापतिबाटै नैतिकताका हिसाबले राजीनामा दिनुपर्ने बताए ।

Seti Hospital

आम निर्वाचन २०७९ को सबै परिणाम आएपछि नयाँ सरकार गठनका लागि कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीका शीर्ष नेताबीच भएको चरणबद्ध छलफलमा आलोपालो प्रधानमन्त्री बन्दा पहिलो पालोमा को भन्ने विषयमा कुरा नमिल्दा कांग्रेसले सबै पद गुमाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार