एक्कासी माधव नेपाल अस्पताल भर्ना !

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । अध्यक्ष नेपाललाई रूघा खोकी, ज्वरो र छातिमा सामान्य संक्रमण देखिएकोले मंगलबार त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको उनको निजी सचिवालयले जनाएको छ ।

अध्यक्ष नेपालको उपचारमा त्रि.वि. शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोली संलग्न रहेको छ । संक्रमण फैलिन सक्ने जोखिमलाई दृष्टिगत गरी चिकित्सकको सुझाव अनुसार अस्पतालमा सबै भेटघाटहरू बन्द गरिएको पनि सचिवालयको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार