‘सिमुलेसन विज्ञान प्रदर्शनी २०२२’, प्रदर्शनी पुस ३० गतेसम्म सञ्चालन हुने

Call24News

काठमाडौं – सिमुलेसन साइन्स सेन्टरको आयोजनमा ‘सिमुलेसन विज्ञान प्रदर्शनी २०२२’ सुरू भएको छ।

होप्पील्याण्ड एमुजमेन्ट पार्कमा पुस १ गतेदेखि सुरू भएको प्रदर्शनी पुस ३० गतेसम्म सञ्चालनहुने संस्थाका प्रबन्ध निर्देशक सुदन बस्नेतले जानकारी दिए । होप्पील्याण्ड एमुजमेन्ट एण्ड वाटरपार्कमा आयोजना गरिएको प्रदर्शनीमा बालबालिकाहरूलाई वैज्ञानिक नियम र सिद्धान्तहरूको बारेमा जानकारी गराइने उद्देश्य लिइएको बस्नेतले बताए।

साथै अन्तर क्रियात्मक कार्यक्रम मार्फत पनि बालबालिकाहरू सहभागी हुने व्यवस्था मिलाइएको छ। प्रदर्शनीमा ग्याजेट र रोवोटिक कुराहरू प्रयोग गरिएको छ। जसलाई मेकानिकल र भौतिकविषयका विज्ञहरूको प्रशिक्षणले आगामी दिनमा बालबालिकहरूलाई विषय बुझ्नका लागिथप सहयोग हुने अपेक्षा गरिएको छ ।

त्यहाँ डाइनोसरको बारेमा जानकारी गराउँदै बालिबालिकालाई त्यसैबाट बोटिङ गर्दा थप अध्ययन गर्न पाउने सिमुलेसन साइन्स सेन्टरकी प्रमुख कार्यकारी अधिकृत प्रतीक्षा थापाले जानकारी दिइन् । यो प्रदर्शनीमा स्कुले बालबालिका र उनका अभिभावकहरूले फाइदा लिन सक्ने थापाले बताइन् ।

उक्त मेलामा विद्यार्थीका अभिभावकले पनि उक्त विषयमा जानकारी लिन पाइने, सिकेका कुराहरू अभ्यास गर्न पाउने व्यवस्था पनि मिलाइएको प्रबन्ध निर्देशक सुदन बस्नेतले बताउनुभयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार