यि हुन् गाउँपालिका राष्ट्रिय महासंघको नयाँ नेतृत्वमा चयन भएका पदाधिकारीहरु

काठमाडौं – गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा नवलपुरको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे चयन भएकी छिन् ।
काठमाडौंमा मंगलबार सम्पन्न महासंघको तेस्रो महाधिवेशनबाट पाण्डे ५ वर्षे कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् ।
स्थानीय तहमा सबैभन्दा धेरै पालिका जितेको नेपाली कांग्रेसले महासंघको अध्यक्षमा पाण्डेलाई पठाएको थियो । यस्तै उपाध्यक्ष कांग्रेसको कोटाबाट जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाही चयन भएका हुन् ।  त्यस्तै नेकपा एमालले महासचिव, सचिव र ७ जना सदस्य पाएको छ ।

महासचिवमा एमालेको तर्फबाट स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा चयन भएका हुन् । त्यस्तै सचिवमा सिन्धुलीको फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवार निर्वाचित भएकी छन् । कोषाध्यक्षमा नेकपा माओवादी केन्द्रको तर्फबाट अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्ट चयन भएका छन् । पदाधिकारी सहित ३६ सदस्ययी महासंघको कार्यसमिति चयन भएको छ । जसमा गाउँपालिकाका अध्यक्ष २७ जना छन् भने ८ जना गाउँपालिकाका उपाध्यक्ष र एक जना वडा सदस्य कार्यसमितिमा आएका छन् ।
गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएपछि महाअधिवेशन भएको हो । महाधिवेशन पछि नयाँ कार्यसमिति सहित महासंघले घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार