हात्तीले ५ वटा घर भत्कायो

सप्तरी – सप्तरीको कञ्चनरूपमा जङ्गली हात्तीले शनिवार राति तीन परिवारको पाँच वटा घर भत्काउँदा चार लाख रुपैयाँ बराबरको क्षति भएको छ । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले कञ्चनरूप नगरपालिका–१२ मातिन परिवारको पाँच वटा घर भत्काएर क्षति गरेको वडा सदस्य जैनुद्दीन मियाँले बताए ।

कञ्चनरूप–१२ धानुक टोलमा पसेको हात्तीले दलुलाल मण्डलको दुई वटा घर, सञ्जु मण्डलको दुई वटा घर र कैली रामको एउटा घर भत्काउनुका साथै अन्नपात खाएर नष्ट गर्दा झन्डै चार लाख रुपैयाँ बराबरको क्षति भएको वडा सदस्य मियाँले बताए । एउटा जङ्गली हात्ती वडा नं १२ को बस्तीपुर, श्रवणपुर, सीतापुर, चर्खियालगायत गाउँबस्तीमा प्रवेश गरि किसानले लगाएको तरकारी बाली तथा अन्न बाली खाएर, कुल्चिएर नोक्सान पुर्‍याउँदा लाखौँको क्षति भएको स्थानीयवासीले बताएका छन् ।

Galaxy

हात्तीगाउँमा पसेपछि गाउँले रातभरि डर–त्रासमा जाग्राम बसेका छन् । यस भेगमा बर्सेनि हात्तीले आतङ्क मच्चाउनुका साथै मानिसको ज्यानसमेत लिने गरेको छ । हात्तीको आतङ्कलाई न्यूनीकरण गर्नेतर्फ सम्बन्धित निकायले चासो नदेखाएको भन्दै गाउँलेले आक्रोश व्यक्त गरेको छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार