घनश्याम भुसाल, प्रभु साहसहित १३ जना एमालेबाट निष्कासित (नामावली सहित)

काठमाडौँ – नेकपा एमालेले पार्टीविरूद्ध लागेको आरोप लगाउँदै घनश्याम भुसाल, प्रभु साह लगायतलाई निष्कासन गरेको छ। शनिबार ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको चौधौं सचिवालय बैठकले स्थायी कमिटी सदस्य घनश्याम भुसाल, प्रभु साहलगायतलाई कारबाही स्वरूप निष्कासन गरेको हो। बैठकपछि एमालेले प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूलाई कारबाही गरेकोबारे जानकारी दिएको हो।

कारवाहीमा पर्नेहरूमा स्थायी कमिटी सदस्यहरू घनश्याम भुसाल र प्रभु साह छन्। उनीहरूसहित १३ जनालाई पार्टीले कारबाही गरेको हो।

Galaxy

यस्तै केन्द्रीय कमिटी सदस्यहरू उपेन्द्र साह (रौतहट), कुन्दन कुशवाह (रौतहट), रामप्रित राम (सिराहा), बद्री न्यौपाने (सर्लाही), रीता साह (सर्लाही), गंगा चौधरी (दाङ) र टेकबहादुर बलम्पाकी मगर (महोत्तरी)लाई कारबाही गरिएको छ। केन्द्रीय निकायका वाङ्दी शेर्पा (ताप्लेजुङ), खेम सुवेदी (कञ्चनपुर), भक्तबहादुर अधिकारी (कञ्चनपुर) र लक्ष्मी साह (कैलाली) पनि कारबाहीमा परेका छन्।

त्यस्तै समानुपातिकतर्फको बन्दसूचिमा नाममा रहेकी जैनव खातुन पनि पार्टी विरोधी गतिविधिमा लागेका भन्दै सूचिबाट उनको नाम हटाइएको एमालेले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार