कांग्रेस – एमालेबीच सत्ता सहकार्य नहुने

काठमाडौँ – आगामी नयाँ सरकार निर्माणमा आ संसद्‌को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेबीच सत्ता सहकार्य नहुने भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको परिणाम आएसँगै नयाँ सरकार गठनका सन्दर्भमा कांग्रेस-एमाले मिल्न सक्ने चर्चा गरिए पनि उनीहरूबीच सत्ता सहकार्य नहुने भएको छ ।

वर्तमान पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेकोले एमाले प्रमुख प्रतिपक्षीको भूमिकामा रहने सम्भावना बढेको एमाले नेताहरूको बुझाइ छ । गठबन्धन दलहरूबीच सरकार बनाउने विषयमा छलफल भइरहेकाले उनीहरूले नै सरकार बनाउन सक्ने धारणा राख्दै एमाले उपाध्यक्ष युवराज ज्ञवालीले बताए । उनले भने, नीति, विचार र सिद्धान्त नै फरक भएका संसद्का प्रतिस्पर्धी दलहरुबीच सरकारमा सहकार्य हुने कुरा मनोगत कुरा हुन्। विपरीत विचार भएका प्रतिस्पर्धीशक्ति मिलेर सरकार बनाउने सिद्धान्तहीन तर्क हो। यो मिल्दैन, मिल्नुको औचित्य छैन ।

Tihar shuvakamana
Discovery School

उनले गठबन्धन दलहरूबीच भागबण्डामा कुरा मिलेन र सरकार बनाउने प्रयास असफल भयो भने मात्र एमालेको नेतृत्वमा कम्युनिस्ट वामपन्थीहरूको सरकार बन्ने बताए । यो समाचार नेपाल समाचार दैनिकमा छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार