नेपाल टेलिकमकाे अफर : रिचार्ज गर्दा बाेनस डाटा

काठमाडौँ – नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज (टप अप) गरेबापत ग्राहकलाई बोनस डाटा उपलब्ध गराउने भएको छ । ग्राहकले दुई सय, पाँच सय र एक हजार रुपैयाँ दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले बाेनस डाटा उपलब्ध गराउने भएको हो ।

दुई सय रुपैयाँकाे रिचार्ज कार्ड प्रयोग गर्दा एक दिन प्रयाेग गर्न सकिने एक जीबी डाटा र पाँच सय रुपैयाँकाे रिचार्ज कार्ड प्रयोग गर्दा चार दिनसम्म प्रयोग गर्न सकिने चार जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी एक हजार रुपैयाँकाे रिचार्ज कार्ड प्रयोग गर्दा १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी डाटा बाेनस स्वरूप प्राप्त हुने टेलिकमले जनाएकाे छ ।

Dengue

यो अफर भोलि मङ्गलवार (२०७९ मङ्सिर २०) देखि आउँदाे पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध हुने टेलिकमले जनाएकाे छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार