काठमाडौँ – काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह (बालेन)ले विदेशीसँग सहयोग माग्ने कुनै रहर नभएको बताएका छन् । मेयर साहले एमाले नेता भीम रावलाई भनेका छन् ‘तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन’ अमेरिकी राजदुत आफैले आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आएको मेयर साहको भनाई छ । ‘उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ ।’ मेयर साहले भने, ‘थप एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ ।’
मेयर साह र अमेरिकी राजदुतबीच भेट भएकोमा नेता रावलले आपत्ति जनाएका थिए ।





प्रतिक्रिया दिनुहोस्