‘सुकुम्बासी समस्याप्रति मेयर संवेदनशील हुनुपर्छ’- पूर्वअर्थमन्त्री लोहनी

काठमाडौं – पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीले सहरमा सुकुम्बासी समस्याप्रति मेयर बालेन्द्र शाह संवेदनशील हुनुपर्ने बताएका छन् । सहरका सुकुम्बासीको समस्याबारे मेयरबाट कानुनको पालना हुनुपर्ने र वास्तविक सुकुम्बासीप्रति संवेदनशीलता देखाउनु आवश्यक भएको उनले बताए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अचानक जाडोमा डोजर चलाएर परिवारको बिजोग गर्नु अगाडी नगरपालिका र संघीय सरकारले वास्तविक सुकुम्बासी पहचान गरेर उनीहरूसँग के कस्ता संवाद गर्‍यो भन्ने नगरबासी लाई बुझाउनु जरुरी छ।’

Dengue

उनले साथसाथै मेयर बालेन्द्र शाहको तारिफ समेत गरेका छन् । उनले भने, ‘काठमाडौंको  मेयर  बालेन्द्र जीको आजसम्मको कामको जनता ले प्रशंसा गरेका छन्।  काठमाडौंको मेयरमा एउटा पक्का इमान्दार, पैसामा लोभ न राख्ने र केहि सकारात्मक काम गरु भन्ने  पढे लेखेको  नेता पाएको जनतामा छाप छ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार