मुम्बई उड्ने तयारीमा रहेको निगमको जहाजको इन्जिन स्टार्ट नभएपछि…

काठमाडौं – मुम्बई उड्ने तयारीमा रहेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज ए३२० (आरए २०१) जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड भएको छ । विमानस्थल कार्यालयका एक अधिकारीका अनुसार यो जहाज बिहान ११ः३० मा भारतको मुम्बई उड्ने तयारीमा थियो । सोही अनुसार यात्रु चढाइएको थियो । तर, इन्जिन स्टार्ट हुन सकेन । प्राविधिक समस्याका कारण इन्जिन स्टार्ट नभएपछि सो जहाज ग्राउण्डेड भएको छ ।

आइतबार नै दिल्लीबाट फर्किएको अर्को न्यारोबडी जहाजमा यस जहाजका यात्रु राखेर जहाज मुम्बई पठाउन लागिएको छ । यो जहाजमा १५२ जना यात्रु रहेका छन् । जहाज मुम्बईबाट आइतबार नै काठमाडौं फिर्ता हुनेछ । इन्जिन स्टार्ट नभएको जहाजको भने प्राविधिक जाँच सुरु गरिएको बताइएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार