सर्लाही–२ बाट महिन्द्र राय यादव निर्वाचित, राजेन्द्र महतो पराजित

जनकपुरधाम – सर्लाही–२ बाट प्रतिनिधिसभामा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोलाई २ हजार ११ मतान्तरले पराजित गर्दै यादव सांसद निर्वाचित भएका हुन् ।

महिन्द्रले २३ हजार ५२९ मत पाउँदा राजेन्द्रले २१ हजार ५१८ मत पाए । २०७४ सालमा धनुषा ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित महतो यस वर्ष क्षेत्र फेरेर सर्लाही पुगेका थिए । महतोको दल लोकतान्त्रिक समाजवादी पार्टी सत्ता गठबन्धनमा रहे पनि यो क्षेत्रमा भने सत्त गठबन्धनले यादवलाई साथ दिएको थियो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार