दोधाराचाँदनी झोलुंगे पुलमा लडेर एक वृद्धाको मृत्यु

कैलाली – कञ्चनपुरमा पुलमा लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लास्थित दोधराचाँदनी झोलुंगे पुलमा लडेर एक वृद्धाको मृत्यु भएको हो । पुलको फलामे पट्टामा खुट्टा अड्किएर खसेकी दोधाराचाँदनी नगरपालिका–७ की ७० वर्षीया अमृता मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनको घटनास्थलमै मृत्यु भएको थियो । महाकाली नदीमा निर्माण भएको दक्षिण एसियाकै दोस्रो लामो मानिने उक्त झोलुंगे पुल जीर्ण अवस्थामा पुगेकाले जोखिम बढेको प्रहरीले बताएको छ । पुल जीर्ण हुँदा वारपार तथा आवतजावत सकस भएको स्थानीयले बताए ।

धनगढी सूचना

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार