समानुपातिकमा नेकपा एमालेले कटायो १४ लाख मत, ९ दलले मात्र कटाए २ प्रतिशत, कुन दलको कति ?

काठमाडौँ – मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभातर्फको मत परिणाम सार्वजनिक भइरहेको छ। प्रत्यक्षसँगै निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणनासमेत जारी राखेको छ। निर्वाचन आयोगका अनुसार साँझ साढे ७ बजेसम्म गणना भएको ५१ लाख ९४ हजार २५० मतमा ९ दलले मात्र २ प्रतिशत मत कटाएका छन्।

सार्वजनिक मत परिणामअनुसार नेकपा एमालेले १४ लाख १२ हजार ६६५ मत पाउँदा नेपाली कांग्रेसले १३ लाख ४५ हजार ८२५ मत पाएको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ६ लाख ४३ हजार ५४८ मतसहित तेस्रो स्थानमा छ। चौथोमा माओवादी केन्द्र, पाँचौँ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन्। छैठौंमा जसपा र सातौमा नेकपा एकीकृत समाजवादी पार्टी रहेका छन्।

dashain shuvakamana
Discovery School

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार