डडेलधुरा ‘क’मा खगराज भट्ट निर्वाचित

काठमाडौँ – डडेलधुरा प्रदेश क्षेत्र नम्बर ‘क’बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार खगराज भट्टको जित निश्चित भएको छ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा सुदुरपश्चिम प्रदेश ईन्चार्ज समेत रहेका भट्टले एमालेका पठानसिंह बोहोरालाई पराजित गर्दै निर्वाचित हुने पक्का भएपनि औपचारिक घोषणा हुन बाँकी छ ।

यसअघि भट्ट २०६४,२०७० र २०७४ मा प्रतिनिधि सभामा उम्मेदवार बनेका थिए । तीनै पटक भट्ट शेरबहादुर देउवासँग पराजित बने पनि अहिले फेरिएको राजनीतिक समीकरणमा नेता भट्ट प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका थिए । सुदुरपश्चिममा राम्रो छवि बनाएका भट्ट लोकप्रिय नेतामध्येमा गनिन्छन् ।

Dengue

प्रदेशको अहिले सम्म गणना भएको मतमा भट्ट २ हजार मतले अघि छन् । अव दुई वटा वडाको मत गन्न बाँकी छ । गन्न बाँकी सबै मत गन्दा बोहोराको पक्षमा गए पनि भट्ट नै अघि हुनेछन् । दुई वटा वडाको मत गन्न बाँकी रहँदा भट्टले १० हजार ७०५ मत र बोहोराले ८ हजार ७७८ मत पाएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार