चितवन–२ मा रवि लामिछानेलाई १३ हजार बढी मतको अग्रता

काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले फराकिलो अग्रता बनाएका छन् । ४८ हजार ३२८ मत गणना हुँदा लामिछाने आफ्ना निकटतम प्रतिस्पर्धीको तुलनामा १३ हजार ७५४ मतले अगाडि छन् ।

रवि लामिछानेले २४ हजार २८० मत प्राप्त गरेका छन् । नेकपा एमालेका कृष्णभक्त पोखरेलले १० हजार ५२६ मत प्राप्त गरेका छन् । सोही क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १० हजार ५१३ मत प्राप्त गरेका छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार