लोकप्रिय मतका साथ तेस्रो प्रयासमा विश्वप्रकाश विजयी

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्प्रकाश शर्मा भारी मतान्तरका झापा – १ बाट निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार शर्माले एमाले–राप्रपाका साझा उम्मेदवार अग्निप्रसाद खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गरेका हुन् ।

शर्माले ३९६२४ मत पाउँदा खरेलले २५३४९ मत मात्रै पाए । एमालेको प्रभाव क्षेत्र मानिने झापा – १ मा कांग्रेसले २३ वर्षपछि जितेको हो । २०५६ को मध्यावधि चुनावमा कांग्रेसका नरेन्द्र विक्रम नेम्वाङले जितेका थिए । शर्मा २०७० का दोश्रो संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग र २०७४ मा वाम गठबन्धनका उम्मेदवार माओवादी नेता राम कार्कीसँग पराजित भएका थिए ।

Dengue

दुई पटक यसै क्षेत्रबाट पराजित भएका महामन्त्री शर्माले लोकप्रिय मतका बलमा तेस्रो प्रयासमा संसद यात्रा तय गरे । एमाले– राप्रपाको तालमेलपछि स्थानीय निर्वाचनको मत अनुसार सात हजार ७७६ मतले खरेलभन्दा शर्मा पछाडि देखिएका शर्माले त्यसको दोब्बर मतान्तरले बाजी मारे । पार्टी राजनीतिमा छलाङ मार्दै आएका शर्माले यसपटक संसदीय राजनीतिले पनि साथ दिएको छ । नेविसंघबाट राजनीति थालेका शर्मा झापाको धुलाबारी माविमा नेविसंघ इकाइ सभापति बनेका थिए । उनी २०४३ मा मेची क्याम्पसमा नेविसंघको सभापति र २०४७ सालमा जिल्ला सभापति बने । अर्को वर्ष नेविसंघको केन्द्रीय सदस्यमा चुनिए । २०५३ सालमा नेविसंघको महामन्त्री र २०५७ मा सभापति बने । कांग्रेसको १२ औं महाधिवेशनमा पार्टीको झापा जिल्ला सभापतिमा पराजित शर्मा १३औं महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएर प्रवक्ता बन्न सफल भए । १४ औं महाधिवेशनमा लोकप्रिय मतका साथ महामन्त्रीमा विजयी भएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार