काठमाडौं – मतगणना नसकिँदै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको हार निश्चित भएको छ। कूल ४५ हजार ९५८ मत खसकोमा अहिलेसम्म ४१ हजार ६१८ मतगणना भइसकेको छ। अब ४ हजार ३४० मत गन्न बाँकी छ। तर, गणना सम्पन्न हुनुअघि नै पोखरेल र कांग्रेस उम्मेदवार प्रदीप पौडलबीचको मतान्तर ४ हजार ५९० पुगिसकेको छ।
पौडेलले १४ हजार ५२ मत पाएका छन्। पोखरेलले ९ हजार ४६२ मत पाएका छन्। २०७४ सालको निर्वाचनमा कांग्रेसका प्रकाशसरण महतलाई पराजित गर्दै पोखरेल विजयी भएका थिए।
प्रतिक्रिया दिनुहोस्