बाजुरामा प्रहरीको गोली लागेर एकको मृत्यु, घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लगियो

कैलाली –  बाजुरामा गोलीले एक जनाको मृत्यु भएको हो। निर्वाचनको क्रममा त्रिवेणी नगरपालिका वडा ७ स्थित कोसेडी भन्ने ठाउँमा गोली लागेर स्थानीय सन्दीप ऐडीको मृत्यु भएको हो। प्रहरीको गोली लागेका २२ वर्षीय ऐडीको घटनास्थलमै मृत्यु भएको वडा नम्बर-७ का वडाध्यक्ष जुद्धबहादुर ऐडीले जानकारी दिए।

प्रहरीको गोली लागेर अरू दुई जना पनि घाइते भएका छन्। घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको छ। बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले गोली चले पनि मृत्यु भएको बारे आफूले बुझ्न नसकेको बताए। ‘म बुझ्दै छु। सम्पर्क हुन सकेको छैन,’ उनले भने।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार