प्रदीप खड्काले भारतमा जिते डेब्यु अभिनेताको अवार्ड

काठमाडौँ – अभिनेता प्रदीप खड्काले भारतको ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्ड जितेका छन्।

आइतबार बेलुका सम्पन्न भएको फेस्टिभलमा उनले ‘प्रेमगीत ३’ को हिन्दी संस्करणबाट फिचर फिल्मतर्फ डेब्यु अभिनेताको अवार्ड जितेका हुन्। अभिनेता खड्काले आफूले अवार्ड पाएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन्। उनले फेसबुकमा अवार्डको तस्बिर सार्वजनिक गर्दै आयोजकलाई धन्यवाद दिएका छन्। यस अवार्डका लागि प्रदीप र ‘प्रेमगीत’ का निर्माता तथा निर्देशक सन्ताेष सेन भारत पुगेका थिए।

सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको ‘प्रेमगीत ३’ पहिलो पटक हिन्दी संस्करणमा प्रदर्शन गरिएको हो। यो फिल्मले नेपाल र भारतमा राम्रो प्रदर्शन गरेको थियो। फिल्मले विश्वव्यापी रुपमा ३९ करोड कमाएको थियो भने नेपालबाट मात्रै १५ करोड ८ लाख कमाएको थियो। यो हिन्दी र नेपाली दुवै संस्करणको कमाइ हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार