यो चुनावमा एमालेले बहुमत ल्याउँछ: ओली

काठमाडौँ –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को चुनावमा नेकपा एमालेले बहुमत ल्याउने बताएका छन्।

स्थिर सरकारले मात्रै विकास र समृद्धिको काम अगाडि बढाउने उनले बताए। बागलुङको बुर्तिबाङ बजारमा आज भएको चुनावी सभा सम्बोधन गर्दै उनले भने, ‘यो निर्वाचन देशको भविष्यसँग जोडिएको छ, एमाले मात्रै विकास गर्ने पार्टी हो, यहाँका जनताका समस्या एमालेले बुझ्ने छ।’

Seti Hospital

उनले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा एमालेले बहुमत ल्याउने दाबी गरेका थिए। ‘एमाले एकढिक्का छ, कुनै गुट तथा उपगुट छैन, चुनावमा बहुमत पनि ल्याउँछ,’ उनले भने। एउटै दलको शक्तिशाली सरकारले जनचाहना अनुसारका विकास निर्माणका काम गर्न सक्ने पनि ओलीको भनाइ थियो। उनले मंसिर ४ पछि एमालेको सरकार बन्ने र गुमेको भूमि फिर्ता ल्याउने बताएका थिए। ‘हिजो रेलका कुरा गर्दा हावादारी भन्थे, अहिले रेल चल्यो त, म आफैँ चडेर आएँ। अब पूर्वपश्चिम रेलमार्गको खाका एमालेले कोरेर देखाउँछ,’ उनले भने।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार