डडेल्धुरामा आफूलाई चुनाव प्रचारप्रसारमा रोक लगाएको सागर ढकालको जिकिर

काठमाडौँ – डडेलधुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले आफूलाई चुनाव प्रचारप्रसारमा रोक लगाइएको जिकिर गरेका छन् । सबै प्रशासन देउवाको मुनि रहेको उल्लेख गर्दै उनले जनता गुहार्नुबाहेक आफ्नो सामू अरु विकल्प नभएको बताएका छन् ।

‘मलाई जोगाइदिनुस्– जता गुहार्नु बाहेक केही बाँकी रहेन’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ।’ उनले आफूलाई प्रचारप्रसारमा डडेलधुरामा रोक लगाइएको दाबी गर्दै अगाडि भनेका छन्, ‘शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आँखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरी माइकिङ गर्न पनि दिएको छैन। मलाइ रोकेको छ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार