एन प्याब्सन केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक दमौलीमा सम्पन्न, संगठनलाई सुदृढ गर्ने अध्यक्ष हमालको भनाई

काठमाडौँ – राष्ट्रिय निजि तथा आवासीय विद्यायलय एशोसिएसन नेपाल (एन प्याब्सन) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक तनहुँको दमौलीमा सम्पन्न भएको छ । एन प्याब्सनका राष्ट्रिय अध्यक्ष पाण्डव हमाल ठकुरीले पानसमा दिप प्रज्वलन गरी बैठकको उद्घाटन गरेका थिए । बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष हमालले संगठनलाई चुस्त, दुरुस्त र चलायमान बनाउदै शैक्षिक, आर्थिक र संगठानिक नीतीहरुलाई स्पष्ट पारदर्शी बनाउने बताएको छ ।

Dengue

अध्यक्ष हमालले पालिका, जिल्ला, प्रदेश र केन्द्र बीचको सम्बन्ध अनि कार्यनीति, नितीलाई समयानुकूल प्रगाढ बनाउने पनि बताए । बालबालिकाहरुलाई केन्द्रबिन्दुमा राखी शिक्षालाई उच्च प्राथमिकता दिदै निजि बिधालयहरुको सरक्षण सम्बर्द्धन समृद्धिका नयाँ योजनाहरु ल्याउने अध्यक्ष हमालको भनाई छ । सरकारी नियम कानुनहरुमा निजी बिद्यालयहरुका सवालमा समय सापेक्ष मैत्रीपूर्ण र सम्मानजनक बनाउन लागिपरेको र थुप्रै नीतीगत छलफलबाट प्राप्त भइसकेको बताए ।

मंसिर ४ मा हुन गाइरहेको आसन्न संघ र प्रदेशको निर्वाचनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको आगामी कार्यक्रम र धोषणा पत्रलाई गम्भीर ढंगले हेरेको र मुलुकमा रहेको निजी शिक्षालयहरुको सम्बन्धमा त्यति धेरै चासो नराखेको देखिएकोले समयमै महत्वका साथ सोच्न र आफ्ना कार्यक्रमहरु ल्याउन बैठकले सुझाव दिएको छ । बैठकमा संगठन भित्र रहेका उपाध्यक्षहरुका विभिन्न बिभागहरुको प्रतिबेदन प्रस्तुत गरेको थियो ।

नेसनल प्याब्सनको २५औ स्थापना दिवस पौष २७ लाई भब्यरुपमा मनाउन बिद्यार्थी, बिद्यालयहरुलाई समावेश गरी बिबिध राष्ट्रिय कार्यक्रम गर्ने समेत बैठकले पारित गरेको छ । बैठकले नेसनल प्याब्सनको इतिहास, डोकुमेन्ट्री प्रस्तुत लगायतका निर्णयहरु गरेका थिए ।
पुर्व मेची देखि पश्चिम महाकाली सम्मका सदस्य पदाधिकारीहरुको उपस्थिति रहेको बैठकमा सह अध्यक्ष सुवस न्यौपानेले सबै उपस्थित तथा आतिथि र तनहुँ जिल्लालाई धन्यवाद ज्ञापन गरेका थिए भने बैठकको सन्चालन महासचिव पारसमणी दहालले गरेका थिए । बैठक कार्तिक १८ र १९ गते बैठक संचालन भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार