कोमल वलीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ – दाङ क्षेत्र नं. ३ की नेकपा (एमाले) की उम्मेदवार कोमल वलीलाई निर्वाचन आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको छ। प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार वलीले प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको विषयमा आयोगले स्पष्टीकरण सोधेको हो।

निर्वाचन आचारसंहितामा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने स्पष्ट व्यवस्था गरिएको छ । कात्तिक १५ गते जिल्लाको बिकट क्षेत्र मानिने बबई गाउँपालिका वडा नं. १ गंगटेको सरस्वती जनता माविमा उम्मेदवार वलीले स्कुले बालबालिका भेला गरि निर्वाचन सम्बन्धित छलफल गरेको खबर शुक्रबार सार्वजनिक भएको थियो।

Seti Hospital

सोही समाचारका पछि निर्वाचन आयोगले उम्मेदवार वलीलाई तपाईले प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार गर्नु भएको होइन भन्ने आधार, प्रमाण के छ ? भनेर स्पष्टिकरण सोधेको हो। निर्वाचनका प्रक्रियाहरू अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा तपाईंले किन जानाजान रूपमा निर्वाचन आचारसंहिताको उलंघन हुने कार्य गर्नुभएको हो ? त्यसबारे २४ घन्टा भित्र स्पष्टिकरण दिने आयोगले भनेको छ।

आयोगले निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु हुँदैन भन्ने जानकारी हुँदाहुँदै सो कार्य गरेको देखिएकोले आचारसंहिताको उलंघनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ९३० र ९४० बमोजिमको कारबाही किन हुनु नपर्ने हो ? भनी पत्र प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय दाङमा प्राप्त हुने गरी जवाफ पठाउन उम्मेदवार वलीलाई निर्देशन दिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार