नेकपा एमालेको चुनावी आमसभा आजबाट सुरु, अध्यक्ष ओली दार्चुला पुग्दै

काठमाडौँ – नेकपा (एमाले)को चुनावी आमसभा आजबाट सुरु हुने भएको छ । सुदूर पश्चिम प्रदेशको दार्चुलाबाट सुरु हुने चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली आज धनगढीबाट हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।

एमालेले ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुच्चे नक्सालाई समेत चुनावी एजेण्डा बनाउने ध्येयका साथ दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो ।

Dengue

ओलीले आज बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगामा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि एमालेले आजै बैतडी र कञ्चनपुरमा पनि आमसभा गर्दैछ । ती चुनावी सभालाई पनि ओलीले सम्बोधन गर्नेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार