डडेलधुरामा देउवालाई स्वागत गर्न स्वतन्त्र उम्मेदवार सागर ढकाल लाइनमा

डडेलधुरा – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनाव प्रचारका लागि गृहजिल्ला डडेलधुरा पुगेका छन् । देउवाको स्वागतका लागि कांग्रेसका कार्यकर्ता सँगै स्वतन्त्र उम्मेदवार सागर ढकाल पनि लाइन लागेका छन् ।

उनी माला लिएर देउवाको स्वागतका लागि लाइनमा उभिएका छन् । २०४८ सालदेखि लगातार डडेलधुराबाट चुनाव जित्दै आएका देउवालाई यसपटक हराउने भन्दै ढकालले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

Dengue

ढकालले राजनीतिक संस्कार देखाउन स्वागतमा उभिएको बताए । ‘देउवालाई प्रधानमन्त्रीका रूपमा स्वागत गर्न आएको हुँ, सभामै बोल्न समय मागेको छु’ उनले पत्रकारहरुसँग भने । डडेलधुरामा बिगत तीन महिनादेखि ढकालले मत मागिरहेका छन् । बीबीसी साझा सवाल कार्यक्रममा प्रश्न सोध्ने कक्रममा देउवासँग नोकझोक भएपछि ढकाल चर्चामा आएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार