इष्टर्न हाइड्रोपावरको शेयर शुक्रबार भित्रै बाँडफाँट हुने, ६२ हजार २२८ ले मात्रै शेयर पाउने

काठमाडौँ – इष्टर्न हाइड्रोपावर लिमिटेडले असोज २८ गतेदेखि सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ यहि साता बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार कम्पनीकाे शेयर कात्तिक १८ गते शुक्रबार भित्रै बाँडफाँट गर्ने तयारी गरेको हो ।

आज मंगलबार प्रिअलमेन्टको काम सकाएर शुक्रबार भित्रै कम्पनीको शेयर बाँडफाँट गर्ने तयारी भएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । पछिल्लो तथ्यांक अनुसार कम्पनीको आईपीओमा १३ लाख ९४ हजार ३२६ वटा आवेदनबाट १ अर्ब ५७ करोड १८ लाख ४७ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख १८ हजार ४७० कित्ता शेयरको लागि आवेदन परेको थियो । यो सर्वसाधारणलाई निष्काशन गरेको ६ लाख २३ हजार ३८९ कित्ता शेयरको २५.२१ गुणा बढी हो ।

Dengue

कम्पनीले शुक्रबार देखि ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहने ६ लाख २३ हजार २८९ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ । कम्पनीले निष्काशन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा मध्यमबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ६२ हजार २२८ जना आवेदकले मात्रै शेयर पाउनेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी ४९ करोड ६० लाख रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई ५ करोड ६९ लाख ६९ हजार रुपैयाँ र सर्वसाधारणलाई ६ करोड ७० लाख ३१ हजार रुपैयाँ गरी १२ करोड ४० रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ६२ करोड रुपैयाँ पुग्नेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार