एमालेले ‘याक एण्ड यति’बाट घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौँ – नेकपा एमालेले आशन्न निर्वाचनको चुनावी घोषणापत्र मंगलबार सार्वजनिक गर्ने भएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले मंगलबार दिउँसो साढे १ बजे होटल याकएण्ड यतिबाट घोषणा पत्र सार्वजनिक गर्न लागिएको जानकारी दिए ।

त्यसक्रममा उनले घोषणापत्रका बारेमा अध्यक्ष केपी ओलीसँग प्रत्यक्ष संवादको व्यवस्था समेत मिलाइएको बताए । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा लगायतका राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

Dengue

मंसिर ४ मा हुने निर्वाचनका लागि दलहरुले आफ्ना घोषणापत्रमार्फत जनतामाझ प्रतिबद्धता जनाउने गरेका छन् । यद्यपि घोषणापत्र कार्यान्वयनको पक्ष भने अत्यन्त फितलो रहँदै आएको भन्दै जनतामाझ आलोचना हुने गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार