माओवादीको घोषणा पत्रमा के छ ? हेर्नुहोस् (पूर्णपाठ)

काठमाडौं – मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्रले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । प्रतिबद्धता पत्रमा माओवादीले प्रशासन संयन्त्रको पुनर्संरचनाको विषयलाई पनि उठाएको छ ।

‘प्रशासन संयन्त्रको पुनर्संरचना विकासको फड्कोका लागि अर्को महत्वपूर्ण आवश्यकता हो । यस सम्बन्धमा राष्ट्रिय बहस गरी प्रशासन संयन्त्रको पुनर्संरचनाको ठोस कार्ययोजना अघि बढाइने छ,’ घोषणापत्रमा भनिएको छ ।

Dengue

यस्तै राजनीतिक परिवर्तनपछि न्यायपालिका क्षेत्रमा कुनै तात्त्िवक परिवर्तन नभएको भन्दै निष्पक्ष, सर्वसुलभ र छिटो छरितो न्याय प्रदान गर्नको न्यायपालिकाको पनि पुनर्संरचना आवश्यक भएकोले राष्ट्रिय बहस सहित ठोस पहलकदमी अघि बढाइने माओवादीले उल्लेख गरेको छ । यस्तैै आगामी सरकार बनेको तीन महिनाभित्र सुशासनका सम्पूर्ण आयामहरूको अध्ययन गरी प्रतिवेदन पेस गर्न एक उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ । आयोगबाट प्राप्त प्रतिवेदनका आधारमा प्रशासन प्रणालीको पुनर्संरचना गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार