रातिको समयमा पनि शान्ताको चुनावी घरदैलो अभियान (तस्विरहरु)

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी एमालेकी नेतृ शान्ता चौधरीले घरदैलो अभियानलाई तिव्रता दिएकी छिन् ।
नेतृ चौधरीले निर्वाचन लक्षित घरदैलो अभियानलाई तिव्रता दिएकी हुन् । रातिको समयमा समेत घर दैलो अभियानमा व्यस्त रहेको चौधरीले बताएकी छिन् । उनले विभिन्न वस्तीहरुमा गएर चुनावी अभियान तिव्र पारेकी छिन् ।

आफुले जितेमा गाउँमा भएका तमाम समस्या सामाधान गर्ने चौधरीले बताउदै आएकी छिन् । चौधरी एमालेको सचेतक समेत रहिसकेकी नेतृ हुन् ।

Dengue

चौधरीले दाङ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि आइतबार उम्मेदवारी मनोनयन गरेकी छिन् । २०७४ सालमा समानुपातिक प्रणालीबाट संसद छिरेकी उनी यस पटक भने प्रत्यक्ष चिर्वाचनमा होमिएकी छिन् । उनी विरुद्ध उनकै सहयात्री गंगा चौधरीले बागी उम्मेदवारी दिएकी छिन् भने नेकपा एसका मेटमणी चौधरी उनीसँग प्रतिस्पर्धामा छन् । मेटमणी र शान्ता केही समय अगाडी सम्म एमालेमै रहेर काम गेरेका नेता हुन् ।

यो पनि 

दाङ क्षेत्र नं. १ मा शान्ताले थालिन् घर दैलो अभियान, चुनाव जितेमा समस्या सामाधान गर्ने दाबी

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार