कांग्रेसको घोषणा : सबै महिलालाई निःशुल्क गुणस्तरीय स्यानिटरी प्याड

काठमाडौँ — नेपाली कांग्रेसले सबै महिलालाई निःशुल्क गुणस्तरीय स्यानिटरी प्याडको व्यवस्था गर्ने संकल्प गरेको छ । शनिबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी गरिएको घोषणापत्रमा कांग्रेसले उक्त घोषणा गरेको हो ।

स्यानिटरी प्याडमा कर लगाएको विषयमा विवाद पछिल्ला केही वर्षयता हुँदै गएको छ । बजेटमार्फत स्यानिटरी प्याडमा कर लगाउने घोषणा हुँदा काठमाडौंका माइतीघरमा ‘रातो कर माफ गर’ भन्दै विरोध भएको थियो । चालु आर्थिक वर्षको बजेटमार्फत तयारी स्यानिटरी प्याडको भन्सार महसुलमा ९० प्रतिशत छुट दिइएको छ ।

Dengue

सरकारले दिएको छुटपछि पनि १.५ प्रतिशत भन्सार महसुल तिरेर यस्ता प्याड भित्रिएका छन् । तर पनि आयातित प्याडको मूल्य भने घट्नुको साटो बढेको पछिल्लो रिपोर्ट छ । यस्तो अवस्थामा सरकारको नेतृत्व गरिरहेको कांग्रेसले स्यानिटरी प्याड आवश्यक पर्ने सबै महिलालाई निःशुल्क उपलब्ध गराउने भनेको छ । ‘सबै महिलालाई निःशुल्क गुणस्तरीय स्यानिटरी प्याडको व्यवस्था गरिने छ,’ कांग्रेसको घोषणापत्रमा लेखिएको छ ।

कांग्रेसले घोषणापत्रमा स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्ने लक्ष्य लिएको छ । सबैलाई स्वास्थ्य बीमा र सबल स्वास्थ्य प्रणाली स्थापना गर्ने कांग्रेसले प्रतिबद्धता जनाएको छ ।

यो पनि 

काँग्रेसको घोषणापत्र – सबै वडामा आधारभुत स्वास्थ्य केन्द्र, ७३ वर्षमाथिका र तीन वर्षमुनिकालाई निशु:ल्क उपचार

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार