गगन थापालाई निर्वाचन आयोगले पुन: स्पष्टिकरण सोध्यो

काठमाडौँ  – निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभातर्फ काठमाण्डौ क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापालाई पुनः स्पष्टीकरण सोधेको छ ।

आयोगले थापालाई कात्तिक ८ गते डेङ्गीविरूद्ध अभियान किन चलाएको भनेर स्पष्टीकरण सोधेको थियो । अझै पनि त्यस्तो अभियान चलाउने भनेर वक्तव्य दिएको श्रव्यदृश्य सामग्री प्राप्त भएकाले उहाँलाई पुनः स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

Dengue

यदि डेङ्गी महामारीको नियन्त्रणका लागि कुनै नयाँ कार्यक्रम ल्याउन सरकारले आवश्यकता महसुस गरेमा त्यस्तो कार्यक्रम आयोगको सहमतिमा ल्याउन सक्ने आयोगले जनाएको छ । तर थापा आफैँले गर्न पाउने कानुनी व्यवस्था नभएको आयोगले स्पष्ट पारेको छ ।

फेरि पनि आचारसंहिता विपरीत मतदातालाई प्रभावित गरेको हुँदा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको आयोगले जनाएको छ । थापालाई आयोगले किन कारबाही नगर्ने भनेर प्रश्न पनि गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार