दार्चुलामा पवन महराको मृत्युबारे यथार्थ छानबिन गरी राहतका लागि पहल गर्न मन्त्री बडूको निर्देशन

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले दार्चुलाको व्याँस गाउँपालिका-२ तम्बाकुका १२ वर्षीय पवन महरा मृत्युको कारण छानबिन र राहतका लागि पहल सुरू गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्।

उनले महाकालीपारि पिथौरागढ जिल्लाको धार्चुला तहसिलमा सडक कटानका क्रममा चट्टान फुटाउन बिस्फोट गर्दा उछिट्टिएको ढुंगा लागेर बालकको ज्यान गएकोबारे मृतकका परिवारले आफूलाई जानकारी दिएकोे र यसको यथार्थ छानबिन गरी तत्काल भारतीय पक्षलाई जानकारी गराउन प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई निर्देशन दिएका हुन्।

Dengue

मन्त्री बडूले गृह र परराष्ट्र मन्त्रालयलाई समेत यस विषयलाई गम्भीरताका साथ लिई राहत र क्षतिपूर्तिका लागि पहल गर्न ध्यानाकर्षण गराइसकेको बताए। ‘मैले मृतकका परिवारसँग बुझ्दा भारतमा सडक निर्माणका क्रममा गराइएको बिस्फोटका कारण ढुंगा उछिट्टिएर बालकको ज्यान गएको भनेका छन्, स्थानीय प्रशासनलाई यसको यथार्थ पत्ता लगाउन भनेको छु,’ मन्त्री बडूले भने, ‘हामीले यो घटनालाई गम्भीरताका साथ लिएर राहत र क्षतिपूर्तिका लागि तुरून्त कूटनीतिक पहलका लागि समेत निर्देशन दिएको छु।’

मन्त्री बडूले सडक निर्माणका क्रममा बिस्फोट गर्दा सीमासँग जोडिएको नेपाली पक्षलाई जानकारी नदिएर भारतीय निर्माण पक्षले गम्भीर त्रुटि गरेकोले कूटनीतिक माध्यमबाट सरकारले क्षतिपूर्ति र फेरि यस्तो हुन नदिन पहल गर्ने बताए। महाकालीपारि पिथौरागढ जिल्ला धार्चुला तहसिलमा गर्ग एन्ड गर्ग कम्पनीले सडक निर्माण गरिरहेको छ।

यो पनि 

भारतीय पक्षले पहरा फुटाउन गरिएको बिष्फोटबाट ढुंगा उछिट्टिएर १२ वर्षीय नेपाली बालकको मृत्यु

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार