कार्तिक १८ गते एमाले अध्यक्ष ओलीले दार्चुलाबाट चुनावी अभियान थाल्ने, चुनावमा चुच्चे नक्साको कुरा सशक्त रुपमा उठाउने

कैलाली – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेले सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट चुनावी आमसभा सुरू गर्ने तयारी थालेको छ । राष्ट्रव्यापी चुनावी अभियान सुरू गर्न कात्तिक १८ गते एमाले अध्यक्ष केपी शर्मा ओली दार्चुला पुग्ने भएका छन् ।

आफू प्रधानमन्त्री हुँदा चुच्चे नक्सा समेटिएको ठाउँबाट चुनावी अभियान थाल्नुले अतिक्रमित भूमि फिर्ता गराएको एजेण्डालाई महत्वपूर्ण क्रेडिटको रूपमा चुनावी मिसन बनाउने संकेत देखिएको छ ।

Dengue

एमालेले आगामी निर्वाचनमा अतिक्रमित भूमि फिर्ता गर्ने कुरा सशक्त रूपमा उठाउनसक्ने अनुमान गर्न सकिन्छ । दार्चुला सदरमुकाम खलंगामा १८ गते बिहान ११ बजे आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने छन् । त्यसै दिन दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा पनि ओलीले चुनावी अभियान उद्घाटन गर्ने छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार