प्रधानमन्त्री देउवाले दिए ऋषि सुनकलाई बधाई

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकामा पूर्वअर्थमन्त्री ऋषि सुनकलाई बधाई दिएका छन्।

प्रधानमन्त्री देउवाले मंगलबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनलाई यो महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै लामो समयदेखिको नेपाल-बेलायत सम्बन्धलाई अगाडि बढाउन सँगै काम गर्न आफू तत्पर रहेको उल्लेख गरेका छन्।

Dengue

बेलायतकी प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयन हुन लागेको हो। सन् १९८० मा साउथह्याम्पटनमा जन्मिएका सुनकका बाबु आमा दुबै भारतीय मूलका हुन्। उनीहरू पूर्वी अफ्रिकाबाट बेलायत बसाइ सरेका थिए। रासस

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार