निर्वाचनका लागि १ करोड ८७ लाख ५० हजार मतपत्र छपाइ

४ मंसिरमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ३३ जिल्लाको ९६ लाख ७४ मतपत्र छपाइ सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार प्रदेश सभातर्फ ३३ जिल्लाको ९० लाख ७६ हजार ५०० मतपत्र छपाइ सकिएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि कूल १ करोड ८७ लाख ५० हजार मतपत्र छपाइ भइसकेको छ ।

समानुपातिकतर्फ ९ जिल्लाको मतपत्र ढुवानी गर्न बाँकी छ । बाँकी रहेका जिल्लाहरू मनाङ, मुस्ताङ, अछाम, बाजुरा, कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पा छन् । प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचनका लागि १ करोड ९३ लाख १३ हजार मतपत्र ढुवानी सम्पन्न भइसकेको छ ।

Dengue

प्रदेश सभातर्फ १ करोड ९३ लाख १३ हजार ढुवानी मतपत्र ढुवानी सम्पन्न भइसकेको छ । प्रतिनिधिसभातर्फ ५ लाख ५८ हजार मतपत्र र प्रदेश सभातर्फ ५ लाख ६७ हजार मतपत्र ढुवानी हुन बाँकी छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार