वीर बहादुर बलायरलाई जिताउन प्रेम आलेको अपिल

सहजपुर – नेकपा (एकीकृत समाजवादी) का पोलिट ब्युरो सदस्य पूर्वमन्त्री प्रेम बहादुर आले मगरले कलाली ४ बाट प्रतिनिधि सभाका उम्मेदवार वीर बहादुर बलायरलाई जिताउन अपिल गरेका छन्। सोमबार कैलालीको चुरे गाउँपालिका – ३ सहजपुरमा बसर युवा क्लबले आयोजना गरेको भलिबल प्रतियोगिताको उद्घाटन बोल्दै आलेले बलायरलाई जिताउन अपिल गरेका हुन् । केपी ओलीको प्रतिगमनकारी भूमिकाको अन्त्य गर्दै देश र संविधान जोगाउन देशमा बाम- लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिएको बताउँदै आलेले देश जोगाउन गठबन्धनलाई स्थायित्व दिन गठबन्धनका उम्मेदवार जिताउन जरुरी रहेको बताए । वीर बहादुर बलायर विगत देखि नै देश र जनताकाको हितमा काम गर्दै आएका त्यागी नेता हुन्,’ आलेले भने,’ निष्ठाको राजनीति गर्दै कांग्रेसको सुदूरपश्चिम प्रदेशको सभापति जस्तो गरीमाय पद सम्हाली रहनु भएको छ । बलायर सुदूरपश्चिमकै बलिया र होनहार नेता हुन्। सुदूरपश्चिमको विकास र बलियो नेतृत्वको लागि उहाँ जित्न जरुरी छ । कैलालीका सम्पूर्ण मतदाताहरुलाई उहाँको पक्षमा मतदान गर्न आग्रह गर्दछु।’ विद्यार्थी राजनीतिबाटै चर्चामा रहेका आदरणीय बलायर दाई देशको राजनीतिक परिवर्तन र लोकतन्त्र स्थापनाका लागि पटक पटक जेल जीवन बिताएका नेता हुन् ,’ आलेले भने सुदूरपश्चिमको विकासका लागि उहाँको महत्वपूर्ण भूमिका छ । फास्ट ट्रयाक लगायतका ठूला योजनाहरूमा उहाँको हस्ताक्षर छ । सुदूरको समृद्धि र राजनीतिक संस्कारका लागि पनि उहाँलाई जिताउन जरुरी छ ।’

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार